काठमाडौं – डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथि कृटपिट भएको छ । अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कार्यपालिका बैठकमै कुटपिट गरेको बताइएको छ ।
कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।
स्थानीय पत्रकार पदम जोराका अनुसार आज(बिहीबार) बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ ।
अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।