काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत सहयोगीलाई घूस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीबाट ४ हजार रुपैयाँ घूस लिएको रकम लिईसकेको अवस्थामा कार्यालय सहयोगी केशवकुमार यादवलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा विचाराधिन मुद्दा मिलाईदिन्छु भन्दै उनले सेवाग्राहीबाट घूस लिएको दाबी अख्तियारको छ ।