कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने

21

(काठमाडौं) – सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको भएको भन्दै सरकारले त्यसलाई फिर्ता गर्नका कूटनीतिक पहल थाल्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले उक्त भूमि समेटिएको नेपालको नक्सा पनि जारी गरिने बताएकी छन् । नेपाल सरकार अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिवद्ध रहको उनले बताईन ।

अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिईने र ऐतिहासिक सन्धी, सम्झौता नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा विगत लामो समय देखि बाँकी रहेका विषयको समाधान गरिने उनले जानकारी दिईन ।

भारतसँग विगत लामो समयदेखि सीमा विवाद रहेपनि दार्चुलाको कालापानी क्षेत्र नेपालको भएकाले नेपालको नक्सामा उक्त भूमि राखिने सरकारको नीति तथा कार्यक्रम मार्फत संसदबाट घोषणा भएको हो । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् ।सरकार सीमाको सुरक्षा सुदृढ गर्ने पनि कार्यक्रम रहेको छ ।

समाचार वर्गहरू