नवलपरासी – नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।
गएराति जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । मृत्यु हुनेमा सबै पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार कार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी देबचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगर रहेका छन् । अन्य २ जनाको सनाखत हुन बाँकी छ ।
यस्तै, नवलपरासीको मध्यन्दिु नगरपालिका(१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।