किन २ दिन सारियो प्रतिनिधिसभाको बैठक ?

6
फाइल फोटो

काठमाडौं – प्रतिनिधिसभाको बैठक २ दिन पर सरेको छ । कात्तिक ९ गतेका लागि तय भएको बैठक कात्तिक ११ गते बस्नेगरी सारिएको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बिहीबार दिउँसो २ बजेमात्रै बस्ने जानकारी दिएका छन् ।

“मिति २०७८ साल कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव गौतमले निकालेका सूचनमा भनिएको छ ।

सूचनामा विशेष कारणले त्यस दिन बैठक बस्न नसक्ने भनिएपनि बैठक सार्नुपर्ने कारण भने खुलाइएको छैन ।

समाचार वर्गहरू