ललितपुर – कोरोना भाइरसको संक्रमणबाट इमाडोलस्थित किस्ट अस्पतालमा उपचाररत एक जना वृद्धाको मृत्यु भएको छ । ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयूमा राखेर उपचार थालिएको थियो ।
उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनी पुरानो दमको समस्याबाट पीडित थिईन् ।