काठमाडौँ – उपचारमा लापरवाही भएको भन्दै कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ। चन्द्रागिरीकी एक महिलाले जन्माएकी शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडका क्रममा अस्पतालका सिसाहरु फुटाइएका छन् भने अन्य भौतिक सामाग्री नोक्सान भएको अस्पतालले जनाएको छ ।
आफन्तले सुत्केरीका क्रममा त्रुटि भएको भन्दै प्रदर्शन र तोडफोड गरेका हुन् । अस्पतालले भने नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको दाबी गरेको छ।
अस्पतालका अनुसार बच्चा जन्मिने बेलामा नै एक्कासी धड्कन रोकिएको थियो। अस्पताल तोडफोडको आरोपमा १७ जनालाई पक्राउ गरिएको छ। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।