ललितपुर – ललितपुरको कुपण्डोलमा एक पैदलयात्रीको साथबाट सुनको सिक्री लुटपाट भएको छ ।
मोटरसाइकलमा सवार २ जनाले सोमबार ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको साथबाट सुनको सिक्री लुटेर फरार भएका छन् ।
नम्बर नखुलेको मोटरसाइकलमा सवार २ दुई जनाले तमाङको साथबाट करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।