काठमाडौं – निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो ।
सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएपछी चौतर्फी आलोचना भएको थियो ।
आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंको समेत फोटो राखि नकपा माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?’ भनि सोधिएको छ