कुलेश्वरका फलफूल तरकारी गोदाममा पस्यो बागमतीको बाढी

72

काठमाडौं – काठमाडौंको बल्खु, कुलेश्वरलगायत क्षेत्रका घर, खाद्यान्न गोदाममा वागमतीको बाढी पसेको छ। बागमती नदीमा आएको बाढी कुलेश्वरमा रहेको खालान्न गोदाम, घरमा पसेको हो ।

बाढी गोदाममा पसेपछि फलफूल तरकारी बेच्ने व्यापारीहरूले पसल बन्द गर्नु परेको छ । बाढी रोड भएरै बग्न थालेपछि सर्वसाधारणलाई रातिको समयमा हिड्न समेत सकस परेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर उपत्यकाभित्रका नदीहरूमा जलसतहले खतराको तह पार गरेको बताएको छ।

यसैगरी जल तथा मौमस विज्ञान विभागले बागमती नदी, खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु,विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा सतर्कता सतह पार गरेको हुँदा नदी तटीय क्षेत्रहरुमा यात्रा गर्ने र रहनेहरूलाई रातिसम्‍म सतर्कता रहन अनुरोध गरेको छ ।

समाचार वर्गहरू