कृष्णनगरमा गत बिहीबारबाट लगाइएको कर्फ्यू हट्यो

12

(कपिलवस्तु) – कपिलवस्तुको सीमावर्ती बजार कृष्णनगरमा गत बिहीबारबाट लगाइएको कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यलयले विज्ञप्ति जारी आज बिहान ६ बजेदेखि कर्फ्यू हटाएको जनाएको छ ।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले गत बिहीबार बिहान ११ बजेबाट कर्फ्यू लगाएको थियो । कफ्र्युका कारण हिजो दिनभर पनि बजार बन्द रह्यो ।

लक्ष्मी पूजाको मूर्ति सेलाउन प्रयोग भएको बाटोको विषयलाई लिएर स्थानीय हिन्दू र मुस्लिम समुदायबीच सुरु विवादले उग्ररुप लिएपछि प्रशासनले निशेधाज्ञा जारी गरेको थियो ।

कर्फ्यू उलंघन गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर सुरज पाण्डेको मृत्यु भएको थियो । कफ्र्यू आदेशका बीच अस्ती राति लक्ष्मी भगवानका १३ मूर्ति प्रहरीको एस्कर्टिङमा बिर्सजन गरिएको छ । बिहीबार राति नै दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो ।

समाचार वर्गहरू