कृष्णालाई गायक कृष्ण समिपले भनेः ‘मैँ हुँ तिम्रो राजा’ (भिडियो सहित)

31

मध्यविन्दु/काठमाडौँ – गायक तथा संगीतकार कृष्ण समीप सुबेदीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आज आफ्नै नाममा रहेको कृष्ण समीप सुवेदी युट्युव च्यानलमार्फत ‘चल न माया चल’ बोलको गीत सार्वजनिक गरेका छन् ।

बिगत दुई दशकदेखि लोक गित संगितमा छुट्टै पहिचान बनाउन सफल सुवेदीले करिब सात वर्षको अन्तरालपछि आफ्नै स्वर, शब्द र संगीतमा चल न माया चल बोलको गित स्रोता तथा दर्शकमाझ ल्याएका हुन् । यस गीतमा नवोदित गायिका कृष्णा खनालले डेब्यु गरेकी छन् । क्यामेरामा ज्ञानेन्द्र शर्मा र गीतको भिडियो निर्देशन चर्चित नृत्य निर्देशक सन्तोष राजवाहले गरेका छन् । पछिल्लो समय गीतमा थ’प्रै म्युजिक भिडियो मार्फत आफ्नो अभिनय तथा कला पस्किँदै चर्चा बट’लेकि मोडल जुना सुन्दास र टीकटक स्टार ‘द लास्ट कीङ’का नामले परीचीत डान्सर सुन्दरले अभिनय गरेका छन् ।
यसअघि गायक सुवेदीका शिरशिर बतास, मेरा आँखामा, जोर बत्ती पालैमा, मेरो कल्पनामा आउने मान्छे तिमी, मनको तिर्खा मेट्न, माझी दाईको जिन्दगी, कति राम्रो बिहानीको घाम, पोखरा जाने घुम्ती छ बाटो जस्ता गीत स्रोतामाझ निकै चर्चित छन् । चल न माया चल का गायक सुवेदी तथा गायीका खनाल दुवै सञ्चारकर्मी समेत हुन् ।

भिडियो हेर्न तलको लिंक खोल्नुहोस्

https://www.youtube.com/watch?v=4K1wPkvooOY

 

समाचार वर्गहरू