काठमाडौं – केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले मध्यबिन्दु अनलाइनलाई जानकारी दिए ।
आफनो परिवारको ज्यान मारेको अभियोगमा जेल बसेका उनको ललितपुरमा स्थित मेगा हस्पिटलमा उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार भदौ १० गते कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरेकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।