केन्द्रीय सदस्य भएको हप्ता दिनमै विद्या श्रेष्ठले छोडिन् कुलमानको पार्टी

67

काठमाडौं – उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।

हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।

उनले लेखेकी छिन्– ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु । ‘

समाचार वर्गहरू