काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज सङ्घ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो ।
पार्टीको शनिबार बसेको संसदीय दलकाे बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।