काठमाडौं – बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेसन (NKFF), र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने “केम्पो खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम” कार्यक्रम ०८२ असार ६ र ७ गते ललितपुरमा सम्पन्न भएको छ।
यस कार्यक्रममा १५० भन्दा बढी खेलाडी, प्रशिक्षक, र रेफ्रीहरूले सहभागिता रहेको उक्त कार्यक्रमको बागमति प्रदेशका युबा तथा खेलकुद मन्त्री मा.मीन कृष्ण महर्जनले उद्घाटन गरेका थिए ।
विश्वस्तरीय केम्पोको प्रगति र नेपालमा यसको उदयको प्रसंशा गर्दै मन्त्री महर्जनले भने “ केम्पो अहिले सुरुवाती चरणमा रहेपनि यसले विश्वमा नेपालको गौरव बढाउँदैछ। हामी यसलाई प्रदेशको प्राथमिकतामा राख्नेछौं।”
बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब दिपक लामाले खेल क्षेत्रमा महत्वपुर्ण बिधाको रुपको स्थापित नेपाल केम्पोलाई निरन्तर सहयोग गरिने बताए ।
राष्ट्रिय खेलकुद परिसद् कार्यकारी सदस्य कमल बहादुर भट्टराईले छोटो समयमा नेपाल केम्पोले गरको उपलब्धिलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय खेलकुद परिषदको सदैव साथ र सहयोग रहने प्रतिवद्वता जनाए ।
केम्पोका संस्थापक तथा प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले नेपालमा केम्पोको ऐतिहासिक उपलब्धि पोर्चुगलमा भएको विश्व च्याम्पियनसिपबाट ५ स्वर्ण र २ रजत पदक प्राप्त र यसको भविष्यको रणनीति बारे स्वागत प्रकाश पारेका थिए ।
नेपाल केम्पो खुकुरा फेडरेशनका अध्यक्ष पाभेल शाहकै अनुसार “Martial arts mastery, Kempo legacy” को नाराका साथ अन्तर्राष्ट्रिय मानकअनुसार खेलाडीहरूको प्राविधिक क्षमता, प्रशिक्षकहरूको शिक्षण विधि, र रेफ्रीहरूको निर्णय कौशल विकास गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको सल्लाहकार तिमल्सिनाले बताए।
समापन समारोहमा प्रमुख अतिथी बागमति प्रदेस खेलकुद बिकास परिषदका सदस्य सचिब दिपक लामाले पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपका विजेता खेलाडीहरूलाई सम्मान गरीएको थियो । नेपाल केम्पोले उक्त प्रतियोगितामा ५ कास्य र २ रजत पदक जितेको थियो। तालिममा अन्जना शाही, ईन्द्र चित्रकार, र राम क्षेत्री लगायत प्रमुख प्रशिक्षकहरूको सहभागिता रहेको थियो।