काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ढल मिसिएको खानेपानि वितरण गरेको छ । कामनपा-६ सरस्वतिनगरमा विगत ४ दिनदेखी लगातार ढल मिसिएको पानि आइरहेको स्थानिय बासिन्दा शंकर खड्काले बताए ।
विगत चार दिनदेखि आफ्नो धारामा दुर्गन्धित पानि आएपछी छर-छिमेकमा बुझ्दा सरस्वतिनगर क्षेत्रको एक लाइनमा निरन्तर दुर्गन्धित खानेपानी आइरहेको उनले बताए । उनका अनुसार ढल मिसिएको पानी आएपछी स्थानियहरु बिरामी पर्न थालेका छन् । उनिहरुमा पखाला ज्वरो लगायका लक्षणहरु देखा परेका छन् ।
लगातार दुर्गन्धित पानि आएपछी त्यही पानी बोकेर बिहिबार टोल समितिका पधादीकारी सहित महांकालस्थित खानेपानी कार्यालय जाने तयारीमा रहेको सरस्वति नगर टोल सुधार समितिका अध्यक्ष पेशलकुमार पहाडीले जानकारी दिए ।
खानेपानी जस्तो अत्यावश्यक मात्र नभइ मानव जिवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा भएको यति गम्भिर लापरवाहीको डटेर समना गर्न आफु सधैं नागरिकको सथमा रहेको अध्यक्ष पहाडिले बताए ।