केही सचिवहरुको सरुवा, को कहाँ ?

37

काठमाडौं – सरकारले सचिवहरूको सरुवालाई २०७७ कात्तिक २ गते औपचारिकता दिएकाे छ । २०७७ असोज २९ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

सिंचाई सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधारमा लगेर भौतिकका देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सचिव बनाइएको छ । रमेशप्रसाद सिंहलाई भने सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बनाइएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भने यथावत् राखिएको छ ।

स्वास्थ्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएका यादव कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् । केदारबहादुर अधिकारी २०७७ असोज २२ मा अवकास भएपछि यो मन्त्रालयको सचिव रिक्त थियो ।

केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालय, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालय, खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुसुदन अधिकारी उर्जा तथा सिंचाई मन्त्रालय, सागर कुमार राईलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ ।

समाचार वर्गहरू