काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरुको अनुगमन गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले हिजो आइतबार नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न निर्देशन दिएका थिए ।
त्यस्तै आजदेखि अमेरिकी जोन्सन एन्ड जोन्सन खोप लगाइदैछ ।