(काठमाडौं) – काठमाडौं महानगरपालिका वडा नम्बर ९ का नागरिक समाजद्वारा रामघाट स्वास्थ्य केन्द्रमा कार्यरत ल्याब टेक्निसियन लगायत स्वास्थ्यकर्मीको टिमलाइ लाइ सम्मान गरेको छ। टेक्निसियन राधिका कुइकेल खनाल , बिश्नु कोइराला र स्वाथ्यकर्मिको टिम मिलेर काठमाडौ महानगर भरीको ३२ वोटै वडाका संकास्पद १०६५ जनाको कोरोना भाइरस आरडिटी को जाँच गरेका थिए ।
त्यसै गरि रातसाझ क्यै नभनी अहोरात्र आफ्नो कर्तव्य पालना गर्ने गौशाला प्रहरी कार्यालयको प्रमुख डि एस पि लगायात सुरक्षा कर्मिलाइ पनि सम्मान प्रदान गरेका थिए । सम्मान प्रदान गर्दै ९ नम्बर वडाका सदस्य टेक राज पौडेल र अध्यक्षले आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो काममा अग्र पंक्तिमा रहेर महामारी नियन्त्रणमा द्वत्त चित्त भएर निरन्तर रामघाट स्वास्थ्य केन्द्रमा नियमित रुपमा बिरामी चेक , खोप र अन्य काम गरि जनतालाइ सेवा प्रदान गरेकोमा वडाका तर्फबाट रामघाट स्वास्थ्य केन्द्रका प्रमुख रन्जना साहलाई पनि सम्मान गरिएको थियो।
साथै स्वास्थ्यका टोलि खटाएर केन्द्रको नाम उच्च पार्नु भएकोमा बधाइ तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। यसरी सम्मान प्रदान गर्नु भएकोमा धन्यवाद प्रकट गर्दै ल्याब टेक्निसियन राधिका कुइकेल खनालले कोरोना भाइरस निदानमा आरडिटी भन्दा पिसिआरनै राम्रो र भरपर्दो हुने भएकोले महानगरले संयोजन गरेर बाताबरण मिलाइदिए आफु हरु पिसिआरको लागि स्वाब कलेक्सन गर्न तयार रहेको र राज्यले खटाएको जे जस्तो काम गर्न पनि पछि नपर्ने बताए ।