कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला

4

काठमाडौं – इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ । शाखाले आइतबार एक सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाएको छ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।

यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।

3535

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू