कोरोनाका कारण अमेरिकामा ९८ हजार बढीको मृत्यु

28

(काठमाडौं) – अमेरिकामा साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अहिलेसम्म ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ ।

त्यहाँ एकदिनमा२१ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ६६ हजार ७३६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ४६ हजार ८६६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख २१ हजार १९७ जनामध्ये १७ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ । एजेन्सी ।

समाचार वर्गहरू