कोरोना संक्रमण रोक्न सरकारले गठन गर्यो तीन उच्चस्तरिय समिति

47

मध्यबिन्दु/काठमाडौं – कोरोना भइरसको सम्भावित संक्रमण रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री ढकालको अध्यक्षतामा बिहिवार बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्यका अधिकारीहरु सहितको बैठकको निर्णय अनुसार यी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

चीनबाट देखिएको कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

समाचार वर्गहरू