कोरोना भाइरसको संक्रमण रोक्न चीनको वुहानमा रेल, बस तथा वायुसेवा बन्द

28
तस्वीर : बीबीसी

मध्यबिन्दु/बीबीसी – कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिन चीनको वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरिएको छ । वुहान सहरका बासिन्दाहरुलाई अत्यन्त जरुरी काम नभई शहर नछोड्न निर्देशन दिइएको छ । यो नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा अर्थात् बिहीबार बिहानदेखी नै कार्यान्वयन गरिएको समाचारमा जनाइएको छ ।

यो समयमा लाखौं चिनियाँहरू वुहान शहर छाडी आफ्नो जन्मथलो फर्कने भएकाले पनि उनीहरुमार्फत संक्रमण फैलन नदिन नयाँ नियम ल्याइएको हो । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्न सक्छ ।

कोरोनाभाइरसको पछिल्लो संक्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको त्यहाँका सरकारी अधिकारीहरूको भनाइ छ । यो भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्र कम्तीमा पनि १७ जनाको ज्यान गइसकेको छ भने पाँच सयभन्दा बढी मानिस प्रभावित भएका छन् ।

समाचार वर्गहरू