कोरोना प्रकोप : अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

27

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ ।

यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् ।

अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ ।

कोरोना संक्रमणबाट बढी प्रभावित मुलुक भारतमा पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । बिहीबार बिहानसम्म भारतमा संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ । संक्रमणका कारण त्यहाँ हालसम्म ३४ हजार १ सय ९३ जनाको मृत्यु भईसकेको छ ।

समाचार वर्गहरू