कोरोना प्रकोप : संक्रमितको संख्या ३८ लाख नाघ्यो

25

(काठमाडौं) – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ३८ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार, संक्रमितको संख्या शुक्रबार बिहानसम्ममा ३८ लाख ४५ हजार ६ सय ७ पुगेको छ ।

विश्वविद्यालयको तथ्यांक अनुसार, कोरोनाको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६९ हजार ५ सय ६४ पुगेको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा शुक्रबार बिहानसम्म ७५ हजार ६ सय ६१ जनाको मृत्यु भईसकेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट संक्रमितको संख्या १२ लाख ५६ हजार नाघेको छ । २ लाख १७ हजार बढी निको भएका छन् ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।

त्यस्तै, अमेरिकापछि सबै भन्दा बढी प्रभावित स्पेनमा २ लाख २१ हजार ४ सय ४७ जनामा कोराना संक्रमण देखिएको छ । बिहीबार थप २ सय १३ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ । इटालीमा २९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या दुई लाख १५ हजार ८ सय ५८ पुगेको छ भने, ९६ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

शुक्रबार बिहानसम्म बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ८९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार ९ सय ७७ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत युरोपकै सबैभन्दा बढी प्रभावित देश भएको छ । कोरोनाको संक्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या २५ हजार ९ सय ९० पुगेको छ भने संक्रमितको संख्या एक लाख ७४ हजार ९ सय १८ पुगेको छ ।

जर्मनीमा एक लाख ६९ हजार ४ सय ८० जना संक्रमित भएका छन् भने, यसबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । इरान पनि संक्रमितको संख्या एक हजार ३ एक सय ३५ पुगेको छ । बिहीबार थप ६८ जनाको मृत्यु भएसँगै त्यहाँ यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ८६ पुगेको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ । ८२ हजार ८ सय भन्दा बढी संक्रमित छन् । ७७ हजार जना निको भएका छन् ।

समाचार वर्गहरू