कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने ट्रम्पको तयारी

24

(काठमाडाैं) – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने बताएका छन् । भाइरसको माहामारी फैलिएपछि उपराष्ट्रपति माइक पेन्सेको नेतृत्वमा गठित टास्क फोर्स छिट्टै खारेज गर्न लागिएको राष्ट्रपति ट्रम्पले बताएका हुन् ।

उपराष्ट्रपति पेन्से नेतृत्वको टास्क फोर्सले राम्रो काम गरेपनि यसलाई खारेज गरेर नयाँ ढङगबाट जान खोजेको राष्ट्रपति ट्रम्पको भनाई उदेत गर्दै बीबीसीले उल्लेख गरेको छ । मुलुकलाई कोरोना संक्रमण अघिको अवस्थामा फर्काउने प्रयास भईरहेको ट्रम्पले उल्लेख गरेका छन् ।

यद्यपि, स्वास्थ्य अधिकारीहरुले भने आर्थिक क्रियाकलाप सुचारु गरिए संक्रमण अझै फैलिन सक्ने चेतावनी दिएका छन् । यसैबीच अमेरिकामा भाइरस संक्रमितको संख्या १२ लाख नाघेको छ भने ७१ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको जोन्स् हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

समाचार वर्गहरू