कोरोना भाइरस अधिक वजन भएका व्यक्तिका लागि बढी खतरनाक

23

काठमाडौं – बेलायती विज्ञहरूले कोरोना भाइरसको संक्रमण देखिएका मोटो र बढी वजन हुने व्यक्तिहरू गम्भीर बिरामी पर्न सक्छ र उनीहरूको मृत्युको सम्भावना बढी हुने बताएका छन् ।

बेलायती स्वास्थ्य विभागको कार्यकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार कोरोना संक्रमित मोटो र बढी वजन भएका व्यक्तिहरूलाई अस्पताल भर्ना र गहन हेरचाह इकाइहरू आवश्यक पर्दछ । विज्ञहरूका अनुसार तौल बढ्दै जाँदा जोखिम पनि बढ्छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डका मुख्य पोषण विशेषज्ञ डा. एलिसन टेडस्टोनका अनुसार, बढी वजनको कारण अन्य रोगका साथ साथै कोभिड–१९ को संक्रमणबाट गम्भीर बिरामी हुने र मृत्युको खतरा अधिक हुन्छ ।

उनले भनिन्, “वजन कम गर्दा स्वास्थ्य धेरै फाइदा महत्वपूर्ण हुन्छ । यसले कोभिड–१९ को जोखिमलाई पनि कम गर्दछ ।“ बेलायती सरकारले गरेको मोटोपना घटाउने प्रयासहरुको अनुमानित घोषणा अघि नै पब्लिक हेल्थ इंग्ल्याण्डले यो तथ्य सार्वजनिक गरिएको थियो ।

बीबीसी हिन्दीका अनुसार युरोपियन देशहरूका बीच बेलायत सबैभन्दा बढी मोटोपना छ । इंग्ल्याण्डमा करिब दुई तिहाई वयस्कहरू मोटो वा बढी वजन भएका छन् । यो स्थिति वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्यान्डको हो ।

समाचार वर्गहरू