कोरोना महामारी : पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु

25

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको औपचारिक जानकारी गराए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । संक्रमणबाट मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

१ . कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको आज बिहान ३ बजे मृत्यु भएको हो ।

२ . रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत नवलपरासी पश्चिमका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा उपचाररत पश्चिम नवलजरासीको सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

३. महोत्तरीको मनरा सिस्वा नगरपालिका-१, का ६५ बर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास फेर्न समस्या भएपछि भदौ १९ गते अस्पतालमा भर्ना भएका उनलाई दुई दिनपछि कोरोना सक्रमण भएको पुष्टि भएको थियो ।

 

समाचार वर्गहरू