कोरोना संक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

22

चितवन – कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ ।

आइसीयूमा उपचाररत भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या भएपछि भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो ।

आइसीयूसहित भेन्टिलेटरमा राखेर उपचार भईरहेको क्रममा उनको मृत्यु भएको अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।

समाचार वर्गहरू