काठमाडौं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन् ।
अघिल्लो वर्ष पनि एमालेकै नेतृत्वको सरकारले बजेट सार्वजनिक गरेको थियो । मुख्य मन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रीकै कुर्सीमा सत्तासिन थिए ।
अल्पमतको सरकारका कारण त्यो बेला उनले अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।।
पूर्णपाठ
https://drive.google.com/file/d/1zL1vfWYE4fP6c9IuyTZPzmz4B4X0bmSA/preview