कोशीमा माओवादी सरकारबाट बाहिरियो, समर्थन कायमै

56

काठमाडौं – नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार माओवादी केन्द्रका तिन मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री रहेका थिए । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री र वन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका थिए ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू