काठमाडौं – देशभर मनसुनी प्रभावका कारण बदली तथा वर्षा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा सोमबार ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
बदली तथा वर्षाको सम्भावना भए पनि चार वटा प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज मधेस प्रदेशका सबैजसो ठाउँ र बाँकी तराई मधेसका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
आज राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिमका धेरैजसो भूभाग र कर्णाली, गण्डकी तथा कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।
आज काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ ।
वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।