कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन – ओली

4

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन्।

सङ्घीय संसद् भवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताएका हुन्।

“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ। बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उनले भने, “हामी नामकरणबाट भाग्दैनौँ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो।

कोशी प्रदेशको नामको बिषयलाई लिएर पहिचाहनवादीहरुले लगातार आन्दोलन गरिरहेका छन् । यस बिषयमा माओवादीले पछी हट्ने संकेत गरिसकेको छ भने काँग्रेस मौन रहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू