काठमाडौं – कोशी प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई कामचलाउ मुख्यमन्त्री तोकेका छन्।
नयाँ मन्त्रिपरिषद् गठन नहुन्जेलसम्मका लागि प्रदेश प्रमुख खापुङले कार्की नेतृत्वको मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन्।
कोशीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ।
विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्। विश्वासका मतका लागि भएको मत विभाजनमा उनको पक्षमा ४६ मत परेको थियो। विपक्षमा ४३ सांसदले मतदान गरेका थिए। आजको बैठकमा ८९ जना सहभागी थिए।