साझा खबर /बाँके – ट्रकको ठक्करले स्कुले बालिका गम्भीर घाइते भएपछि तनावग्रस्त कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुर केन्द्र बनाएर पूर्वमा रोहीनी खोला, पश्चिममा किरण खोला, उत्तरमा नौबस्ता र दक्षिणमा बपिपरीचोक, र सम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ ।
प्रदर्शनकारीको भिडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले हवाई फाएरिंग गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा दुवैतर्फका गरी २४ जना घाइते भएका छन् ।
आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएपछि प्रदर्शनले उग्र रुप लिएको हो । आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् ।
घाइते बालिकालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।