क्रोएसियामाथि फ्रान्सको सानदार जित हात

46

एजेन्सी – यूइएफए नेसन्स लिगमा फ्रान्सले विश्व उपविजेता क्रोएसियामाथि सानदार जित हात पारेको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएकोमा खेलमा क्रोएसियामाथि ४–२ को पूनरागमन जित हात पारेको हो ।

२०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा पनि फ्रान्सले क्रोएसियामाथि ४–२ कै जित निकाल्दै विश्व च्याम्पियन बनेको थियो ।ओलिभर जिराउडले करियरको ४० औं अन्तर्राष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो ।

चेल्सीका स्ट्राइकरले फ्रान्सका लागि कीर्तिमानी गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमान भने थिएरी हेनरीको नाममा छ । उनले ५१ गोल गरेका छन् ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजमन, डायोट उपमेकानो र ओलिभर जिरुउडले गोल गरे । एक गोल उपहार पाएको थियो । क्रोएसियाका डिजान लोभरेन र जोसिप ब्रेकालोले गोल गरे ।

मंगलबार राति नै भएको अर्को प्रमुख खेलमा इंग्ल्यान्डले डेनमार्कसँग निराशाजक गोलरहित बराबरी खेल्यो भने बेल्जियमले आइसल्यान्डलाई सजिलै ५–१ ले हरायो ।

समाचार वर्गहरू