काठमाडौं – खानेपानि मन्त्री उमाकान्त चौधरी क्षमापुजा गर्नकोलागी हेलम्बु पुगेका छन् । उनि स्थानिय लामागुरुले उपयुक्त भनेको साईतकै दिन पुजाकोलागी हेलम्बु पुगेका हुन् ।
मन्त्री चौधरिले बिहिबार हेलम्बु-१ को तार्केघ्याङ्गस्थित गुम्बामा पुगेर क्षमापुजा गर्ने कार्यक्रम रहेको एक स्थानियले जानकारी दिए ।
उनका अनुसार मेलम्चिको पानि काठमाडौं ल्याउने क्रममा पटक-पटक वाधा व्यवधान आएकोले त्यसको रोकथामको लागी क्षमापुजा गर्नुपर्ने भन्ने स्थानिय लामा गुरुहरुको भनाइ रहँदै आएकोले मन्त्री चौधरी सोहि पुजाको लागी हेलम्बु पुगेका हुन् ।
यहि चैत मसान्तसम्म मेलम्चिको पानि काठमाडौं ल्याउने तयारिस्वरुप खानेपानि मन्त्री चौधरी पछिल्लो समय मेलम्चिलाई विशेष प्राथमिकतामा राखेर निरन्तर लागीपरेका छन् ।