खण्डन प्रकाशित

31

काठमाडौं – यस मध्यबिन्दु अनलाइनमा गत माघ २० गते प्रकाशित समाचारमा सम्बन्धीत ब्यक्तिले खण्डन प्रकाशित गरिदिन अनुरोध गरेका छन् ।

आरोपित भनिएका मेलम्ची नगरपालिका वडा नं १ का कृष्णमुरारी चौलागाईंले “शिक्षिका माथि अभद्र व्यबहार गर्न लगाउने अध्यक्ष पक्राउ” भन्ने समाचारमा आफ्नो नाम समावेश गरिएकोमा दुख लागेको जनाएका छन् । सो बिसयमा आफ्नो संलग्नता नरहेको र आफू प्रहरीको नियन्त्रणमा समेत नगएको उनको दाबी छ ।

यही बिसयलाई लिएर प्रेस काउन्सिल नेपालले समेत खण्डन प्रकाशित गरिदिन मध्यबिन्दु अनलाइन लाई पत्राचार गरेको थियो ।
सम्पादक ।

समाचार वर्गहरू