खाँणको मुद्दाको सुनुवाई मंसिर २८ मा हुने

5
फाइल फोटो

काठमाडौं – नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा उच्च अदालत पाटनमा सुनुवाई मंसिर २८ गते हुने भएको छ ।

उच्च अदालत पाटनका अनुसार खाँणको बिषयमा तेस्रो न्यायाधीशको एकल इजलासमा मंसिर २८ गते पेसी तोकिएको हो।

बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो।

पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।

त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू