खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ

26

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक-फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले मूल्य तोकेको हो ।

संघले पहिलो चरणमा बागमती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकिएको संघले जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बागमती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकिएको हो ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ ।संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।

बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्था अनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ मात्रै पर्नेछ ।

निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए ।

समाचार वर्गहरू