खोलाले बगाएको जिप टुक्रा-टुक्रा भेटियो, बेपत्ता तीनमध्ये एकको शव फेला

38

काठमाडौं – बागलुङबाट पोखरा आउँदै गरेको जिप तीन जना यात्रुसहित बाढीले बगाएको छ। शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिप बगाएको हो।

प्रहरीका अनुसार जिप टुक्राटुक्रा अवस्थामा मोदी खोलाको दोभानमा भेटिएको छ भने यात्रुको खोजी जारी छ। जिप तमादी खोला र मोदी खोलाको दोभानमा भेटिएको प्रहरीले बतायो।

अहिलेसम्म यात्रुको सनाखत भएको छैन। बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए भने बाँकी दुई जना बाटोबाट चढेका थिए।

चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ। चालकले दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो। चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू