गठबन्धन जोगाउन पौडेललाई तनहुँ १ छोड्न तयार भएँ

41

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ १ मा प्रत्यक्षतर्फ चुनाव नलड्ने भएका छन्।

श्रेष्ठले यसपटक ०७४ को निर्वाचनमा आफैंले पराजित गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बन्‍न उक्त क्षेत्र छोड्ने भएका हुन्।

उनले गठबन्धन जोगाउन पौडेललाई तनहुँ १ छोड्न आफू तयार भएको बताए। सोमबार (आज ) पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो जानकारी दिए।

‘म तनहुँ १ नम्बर क्षेत्रको निर्वाचित माननीय। तर अहिले मैले ०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, गठबन्धन र मेरो पार्टीका कारण यसपटक मैले नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई सो क्षेत्र छोड्न लागेको छु,’ उनले भने।

श्रेष्ठलाई गठबन्धनको उम्मेदवार बनाएर बारा-४ बाट उम्मेदवार बनाउने तयारी छ।

समाचार वर्गहरू