काठमाडौं – स्थानिय निर्वाचनका लागी महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक पनि बिना निष्कर्ष टुङ्गीएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहानदेखि साँझसम्म बसेको बैठकमा उपस्थित गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको हो।
प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि विशेष गरी पोखरा महानगरपालिका र कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसले दाबी गरेको छ।
पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी नछोडेपछी आजको बैठकले कुनै निर्णय गर्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।
बैठक मंगबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।