काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन् ।
गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरु मिलेर पालैपालो लिएको उनको भनाई थियो ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले ठुला भनिएका दलका ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको बताएका हुन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनकाे भनाइ छ ।
सामाजिक क्षेत्रमा असफल तर पैसा कमाउन सफल भएकाहरु राजनितीमा हावी भएको भन्दै उनले स्वार्थ केन्द्रित राजनितीले देश र जनतालाई निकास दिन नसक्ने बताए ।