गण्डकीकी पूर्व सांसद मीना गुरुङ पक्राउ

148

काठमाडौं – गण्डकी प्रदेशका पूर्व सांसद मीना गुरुङ पक्राउ परेकी छन्। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा उनलाई कास्की प्रहरीले मंगलबार पोखरा-११, रानीपौवास्थित निवासबाटै पक्राउ गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको उक्त सहकारीको पूरक अभियोगमा ४४ प्रतिवादीमध्ये उनीहरूलाई पनि प्रतिवादी बनाइएको थियो। प्रहरीले अर्का प्रतिवादी आरती गुरुङलाई पनि मंगलबारै पक्राउ गरेको छ।

हङकङ ब्यूटी इन्स्टिच्युटकी सञ्चालक मीना गुरुङ वरिष्ठ सौन्दर्यकर्मी हुन्। २०७४ सालको प्रदेशसभा चुनावमा एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। २०७९ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की २(२) मा भने पराजित भएकी थिइन्। उनलाई कांग्रेसका बिन्दुकुमार थापाले हराएका थिए।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी खोल्दा ज्ञानबहादुर बमजन लगायतको अनुरोधमा तदर्थ समितिमा रहेकी उनी पछि उपाध्यक्षको भूमिकामा थिइन्।

उक्त सहकारीमा पछि जोडिएका जीबी राई लगायतका व्यक्तिहरुले रकम खानेपचाउने नियत राखेपछि उनले तत्कालै सहकारी रजिष्ट्रार कार्यालयमा राजीनामा बुझाएको दाबी गरेकी छन्।

समाचार वर्गहरू