(पोखरा) – गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २४ जनामा संक्रमण देखिएको हो । निर्देशनालयका अनुसार पूर्वी नवलपरासीमा १२, बागलुङका ११ र म्याग्दीका १ जनामा कोरोना संक्रमण देखिएको ।
पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षण अनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सरकारी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकीका मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोभिड-१९ संक्रमित फेला परेका छन्।
योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । यसमध्ये ४ जना निको भएका छन भने एक जनाको मृत्यु भएको छ ।
