गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

55

(पोखरा) – गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा पूर्वी नवलपरासीका १२, गोरखाका ३, कास्की र तनहुँका १/१, स्याङजाका ८ र बागलुङका ३ जना रहेको निर्देशनालयले जनाएको छ । पूर्वी नवलपरासी र कास्कीका संक्रमितलाई आइसोलेशनमा राखिएको छ ।

गोरखाका एक जनालाई कोरोना अस्पताल भरतपुर चितवनमा राखिएको र अन्यलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

समाचार वर्गहरू