गण्डकीमा फणीन्द्रले पाए प्रदेशसभा बैठकमा प्रवेश अनुमति

13

काठमाडौं – नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले प्रदेशसभामा प्रवेश पाएका छन् ।

देवकोटालाई संसद् बैठककक्षमा प्रवेश गर्न बिहीबार रोक लगाएका सभामुख कृष्ण धितालले शुक्रबार भने कुनै रोकतोक नगर्न मर्यादापालकलाई निर्देशन दिए।

गत प्रदेशसभा निर्वाचनमा नेकपा माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेर निर्वाचित बनेका देवकोटालाई कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि माओवादीले उनलाई निलम्बन गरेको थियो। देवकोटा माओवादीको कारबाहीविरुद्ध सर्वोच्च पुगेका थिए।

सर्वोच्चले पनि फरक दलको सांसदलाई माओवादीले कारबाही गर्न नपाउने भन्दै उनलाई सांसदकै हैसियतमा कामकारबाही गर्न दिन अन्तरिम आदेश जारी गर्‍यो।

सर्वोच्चको उक्त आदेशसहितको पत्र संसद् सचिवालयमा बुधबार नै दर्ता भइसकेको थियो। बिहीबार भने बैठकको सुरुमै देवकोटालाई बैठकमा सहभागी हुन दिनू भन्ने सर्वोच्चको पत्र पढेर सभामुख धितालले बैठक अघि बढाए।

बैठकमा देवकोटा सत्तापक्षकै लाइनमा बसेका छन्। बिहीबारको बैठकमा सभामुख धितालले अदालतको आदेशमा आफूले अध्ययन गर्न नभ्याएको भन्दै देवकोटालाई प्रवेश निषेध गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू