पोखरा – गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार प्रदेशका विभिन्न चार जिल्ला कास्की, तनहुँ, लमजुङ र बालगुङमा गरी १० जना संक्रमित थपिएका हुन् । कास्कीमा ५ जना, लमजुङमा ३ जना, तनहुँ र बालगुङमा एक एक जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।